आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा खस्यो भारतीय बस
खबर एक्सप्रेस
२०८१-०५-०७ ०१:२५ मा प्रकाशित
Total Shares: 117
काठमाडौं- आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको हो ।पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस