चार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जगदम्बा इन्टरप्राइजेज सिल
काठमाडौं - जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत सहित ४ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले सिल गरेको हो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतसहितको टोलीले आदर्शनगरस्थित जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना उद्योग प्रवेशमा रोक लगाइएको पर्साका सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।
कोरोना संक्रमणको बेला यहाँस्थित विभिन्न उद्योगकहरुले कामदाहरुलाई लुकीछिपी नेपाल प्रवेश गराएको जसले गर्दा वीरगन्जको समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आरोप लाग्न थालेपछि प्रशासनले उद्योग अनुगमन कार्यलाई तीब्रता दिएको थियो । अनुगमनको क्रममा जगदम्बा प्रा।लि। उद्योगमा भारतीय कामदाहरु लुकिछिपी नेपाल प्रवेश गरेका भेटिएको थियो ।
गत साउन ६ गते जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयूमा कक्षमा उपचाररत छन् । उनकै सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट टे«सिङ्ग गर्दा सोमबार आएको रिपोर्टमा अन्य थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेहरुमा २६, ४८ र ५६ वर्षीय पुरुष रहेका छन् । त्यस पश्चात प्रशासनले उक्त कार्यालयलाई सिल गरेको हो ।
संक्रमण पुष्टि भएका तर, लक्षण नदेखिएकालाई उद्योगकै खर्चमा उद्योग भित्रै वा अन्य उपयुक्त स्थानमा आइसोलेसन सेन्टर स्थापना गरी राख्न, संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका तथा असार १५ गतेपछि भारतबाट आएका सबै कामदार, कर्मचारीको पीसीआर चेकजाँच गराउन, पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका तथा अन्य शंकास्पद सबैलाई उद्योगकै खर्चमा उद्योग भित्रै वा उद्योग बाहिर उपयुक्त स्थानमा क्वारेन्टाइनको व्यवस्था गर्न प्रशासनले निर्देशन दिएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस