रामेछापमा पहिरोमा परी ८ बेपत्ता, २ को शव फेला
खबर एक्सप्रेस
२०८१-०५-०९ ०७:५२ मा प्रकाशित
Total Shares: 75
रामेछाप - रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर ८ जना बेपत्ता भएका छन्। २ जनाको शव भेटिएको छ। एक बालकको जिवितै उद्धार गरिएको छ।
गएराति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्।
पहिरोले ४ घर बगाएको छ। थप विवरण आउन बाँकी छ।
फेसबुक पेज Like गर्नुहोस