काठमाडौं - अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु र संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ ।

त्यहाँको सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७६ जनाको मृत्यु भइसकेको छ, यो समाचार तयार पार्दासम्म । २६ हजार बढी नयाँ संक्रमित थपिएका छन् । यो मृत्यु हुनेको संख्या एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

हालसम्म अमेरिकामा कोरोनाबाट ६ लाख १३ हजार संक्रमित छन् भने २६ हजार १६ जनाको मृत्यु भएको छ । ३८ हजार जना निको भएर घर फर्किएका छन् । अमेरिका कोरोनाबाट विश्वकै सबैभन्दा धेरै प्रभावित देश हो ।