सरकारद्वारा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा तयार, मन्त्रिपरिषदमा लैजाने तयारी
काठमाडौं - सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गर्ने तयारी गरेको छ ।
सरकारको आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रममा समेत उल्लेख भएकोले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा मन्त्रिपरिषदमा लैजाने तयारी गरेको मन्त्रालय स्रोतले बताएको छ । आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ ।
भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बत जोड्ने सडक निर्माण गरेपछि लिपुलेकसहित लिम्पियाधुरा र कालापानीको नक्सा जारी गर्न नेकपा सचिवालय बैठक तथा संसदीय समितिले पनि निर्देशन दिएको थियो ।
त्यसपछि मन्त्री अर्यालले नयाँ नक्सा प्रकाशन गर्न नापी विभागलाई निर्देशन दिएकी थिइन् । हाल विभागले नयाँ नक्सा तयार पारिसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस