काठमाडौं - राष्ट्रिय सभाको बैठक १७ माघ (सोमबार) बस्ने गरी बोलाइएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् । 

यसअघि २ माघमा सूचना निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।