काठमाडौं - मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार यसदिन ४ हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको हो।
अघिल्लो दिन सोमबार एक तोला सुनको भाउ २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको थियो।
यस्तै सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। महासंघका अनुसार यसदिन प्रतितोला चाँदी ४ हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सोही परिमाणको चाँदीको भाउ ४ हजार ३१० रुपैयाँ पुगेको थियो।

.gif)



