काठमाडौं - बलिउडको एक व्यापार विश्लेषण गर्ने साइट कोइमोइले   अक्षय कुमार दशककै सबभन्दा सफल हिरो भएको देखाएको छ। यसअघि नै यस साइटले आमिर खानको फिल्म 'दगंल' लाई दशककै हिट घोषणा गरेको थियो।

गएको दशकभरी प्रदर्शनमा आएका फिल्मको कमाइको हिसाब गर्दा अक्षय कुमारले अभिनय गरेका फिल्मको कमाइ सबभन्दा बढी भएको हो। यो दस वर्षमा आएका अक्षयका ३२ वटा फिल्मले कूल ३ हजार १ सय १८ करोडको व्यापार गरे। दस वर्षमा ३ हजार करोडभन्दा बढीको व्यापार गर्ने हिरो पनि अक्षय कुमार मात्रै हुन्। उनको एउटा फिल्मले औषतमा ९७ करोड ४५ लाख कमाइ गरेका छन्।

कूल कमाइमा धेरै भए पनि प्रति फिल्म कमाइमा भने आमिर खान सबभन्दा अगाडि छन्। दस वर्षमा जम्मा ६ वटा फिल्ममा अभिनय गरेका आमिरका फिल्मले कूल १२ सय ५८ करोड कमाइ गरेका छन्। औषतमा उनको एउटा फिल्मले नै २ सय करोडभन्दा बढी कमाइ गरेका छन्।

थोरै फिल्म भएर पनि अक्षयभन्दा बढी व्यापार गर्नेमा सलमान खान अगाडि छन्। दस वर्षमा आएका सलमानका १५ फिल्मले नै झन्डै अक्षयको जति २ हजार ९ सय १८ करोडको व्यापार गरेका छन्। उनको फिल्मको व्यापार प्रतिफिल्म १ सय ९४ करोड ५६ लाख छ। सय करोड कमाउने फिल्म पनि सलमानकै सबभन्दा बढी छन्।

यो दशकमा शाहरुख खानका ११ र आमिर खानका ६ फिल्मको कमाई झन्डै बराबर छन्। शाहरुखका फिल्मले कूल १३ सय ७८ करोड व्यापार गरेका छन्। उनको प्रतिफिल्म औषत १ सय २५ करोड छ।

सय करोड क्लबमा पुगेका फिल्मको कमाइको हिसाबले बनाइएको पावरलिस्टमा अहिले सलमान खान एक नम्बरमा छन्। भने उनीपछि अक्षय कुमार, आमिर खान, अजय देवगन र शाहरुख खान छन्।