लद्दाख पुगे भारतीय सेनाध्यक्ष
एजेन्सी - भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले चिनियाँ सेनासँग भएको झडपबारे बुझ्न लद्दाख पुगेका छन् ।
भ्रमणको क्रममा सेना प्रमुखले गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तको सामना गर्ने सैनिकलाई प्रशंसा गर्दै उच्च नैतिकता कायम राखी उत्साह र जोशका साथ काम गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।नरवणेले पूर्व लद्दाखमा रहेको सेनाको क्याम्पको पनि अवलोकन गरे ।
बुधबार वर्किङ्ग मेकानिजम फर कन्सलटेशन एण्ड कोअर्डिनेशन अन इन्डिया–चाइना बोडर अफिअर्स (डब्लुएमसिसी) को महत्वपूर्ण बैठकको तयारी भइरहेका बेला सेना प्रमुख नरवणेको भ्रमण भएको हो ।
सेना प्रमुखको एलएसीको यो भ्रमण आज सकिँदैछ । यही क्षेत्रमा गएको हप्ता चीनको पिपुल्स लिबरेशन आर्मीसँगको हिंसक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस