नुवाकोट - राष्ट्रपति रामचन्द्र पौडेलले बाढी प्रभावित नुवाकोटको स्थलगत अवलोकन गरेका छन्।

राष्ट्रपति पौडेल बाढी आएको १३औँ दिनमा अवलोकनका लागि नुवाकोट पुगेका हुन् । 

नुवाकोट पुगेका राष्ट्रपति पौडेलले श्री नं १ सैन्य तालिम केन्द्र, विदुर नुवाकोटमा जिल्लास्थित सुरक्षा निकाय एवं यहाँको सरोकारवालासँग बाढीबाट प्रभावित क्षेत्रको अवस्था तथा खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका कामबारे जानकारी लिएका छन्।

राष्ट्रपति पौडेलले बाढी प्रभावितलाई राखिएको होल्डिङ सेन्टरको समेत निरीक्षण गरेका छन्।

सो क्रममा होल्डिङ सेन्टरको सञ्चालन तथा प्रभावितका लागि भइरहेको व्यवस्थाबारे जानकारी लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

यसअघि भदौ ११ गते प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।