एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०८१-०७-२२ १२:२७ मा प्रकाशित
Total Shares: 49
काठमाडौं - नेपाली बजारमा बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो ।
फेसबुक पेज Like गर्नुहोस