च्याम्पियन बायर्नको जितमा लेवान्डोस्कीको कीर्तिमानी गोल
काठमाडौं,एजेन्सी - जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले सिजनको सुखद् अन्त्य गरेको छ । गएराति भएको खेलमा बायर्नले अग्स्बर्गलाई ५-२ ले पराजित गरेको हो ।
बायर्नको जितमा सर्ज जिनाब्री, योसुवा किम्मिख, किङ्सले कोमान र रोबर्ट लेवान्डोस्कीले गोल गर्दा एक गोल उपहार पाएको थियो । अग्सवर्गका आन्द्रे हान र फ्लोरियन नाइडरलेचनरले गोल फर्काए ।
लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । खेलको अन्तिम मिनेटमा गोल गर्दै लेवान्डोस्कीले जारी सिजनमा ४१ औं गोल पूरा गरेका हुन् । लेवान्डोस्कीले गर्ड मुलरको नाममा रहेको ४९ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । यसअघि मुलरले सन् १९७१/७२ को सिजनमा ४० गोल गरेका थिए ।
यस सिजन च्याम्पियन बायर्नले ३४ खेलमा ७८ अंक जोड्यो । अग्स्बर्ग ३६ अंकसहित १३औं स्थानमा रह्यो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस