काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालको  आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ ।

शुक्रबार दिउँसो पार्टी अध्यक्ष यादव नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबुसहित आयोग पुगेका हुन् ।

बिहिबार बसेको अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको थियो । 

सत्ता समीकरणका लागि जसपा दुई पक्षमा विभाजित भएको छ । दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो । 

यसअघि कानुन व्यवसायीसँग सल्लाह लिँदा पनि आधिकारिकताका लागि निर्वाचन आयोग जान सुझाव दिएका थिए ।