काठमाडौं -  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्र लाभ भएको छ ।

कोरोनाबाट भर्खरै निको भएका बोरिस र उनकी प्रेमिका क्यारी साइमोन्डसले एक विज्ञप्ति जारी गर्दै लन्डन अस्पतालमा पुत्रलाभ भएको घोषणा गरेका हुन् । बच्चा पूर्णरुपमा स्वस्थ्य रहेको पनि बताइएको छ ।

‘प्रधानमन्त्री र साइमन्डलाई आज बिहान लण्डनको एक अस्पतालमा स्वस्थ्य पुत्र प्राप्त भएको जानकारी दिन पाउँदा खुसी लाग्यो । अहिले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था ठीक रहेको छ ।’ बोरिस र क्यारीका प्रवक्ताले भने ।

बोरिसका पूर्व दुई पत्नीबाट चार सन्तान रहेका छन् । नयाँ छोराको आगमनसँगै उनको बालबच्चाको संख्या पाँच पुगेको छ।