काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । 

शीतल निवासस्थित राष्ट्रपति भवनमा मंगलबार आयोजित विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।