चितवन राष्ट्रिय निकुन्जले हात्ती लगाएर भत्कायो चेपाङका घर
भरतपुर - चितवन राष्ट्रिय निकुन्जले माडी नगरपालिका–९ का चेपाङ वस्तीका घर हात्ती लगाएर भत्काउनुको साथै आगजनीसमेत गरेको छ । माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालका अनुसार निकुन्जले आठ वटा घर भत्काएको र दुईवटा घरमा आगजनी गरेको हो ।
कोरोना भाइरसको महामारी र बाढी पहिरोको समयमा घरविहिन भएपछि चेपाङ सुमदायको विचल्ली भएको छ । लत्ताकपडा, भाडाकुँडालगायतका सबै सामान नष्ट भएको छ । माडी नगरपालिका–९ कुसुमखोलामा २०५३ सालदेखि सकुम्वासी चेपाङहरु बस्दै आएका थिए ।
निकुन्ज प्रशासनले गरेको यस्तो अमानविय कार्यप्रति माडी नगरपालिकाले घोर भत्र्सना गरेको छ । साथै चेपाङहरुको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।
‘सुकुम्वासी चेपाङ वस्तीलाई स्थानान्तरण गरी व्यवस्थापन गर्ने गरी थालेको कार्यमा समेत अवरोध पुर्याउने, लामो समयदेखि वस्दै आएको सुकुम्वासी वस्तीमा उपयुक्त अर्को विकल्प विनै हस्तक्षेप गर्ने गर्ने निकुन्ज प्रशासनको निन्दीय कार्यप्रति क्षोब व्यक्त गर्दै घरबारविहीन बनाइएका ती सुकुम्वासी चेपाङहरुको उचित व्यवस्थापनका लागि तत्काल ध्यानाकर्षण होस् भनी नेपाल सरकारसँग अनुरोध गर्दछु ।’मेयर ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाद्वारा जारी विज्ञप्ती:-
फेसबुक पेज Like गर्नुहोस