काठमाडौं - मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ । 

आज बिहान सिंहदरबारमा बसेको बैठकबाट उक्त सम्बोधन स्वीकृत गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

'नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते १६ः०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय भएको छ,' उनले भने ।

आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठक सिंहदबारस्थित प्रतिनिधिसभाकक्ष (बहुउद्देश्यीय हल) मा बस्दै छ ।

यसअघि गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको थियो ।