२४ घण्टामा थप १ हजार १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो
खबर एक्सप्रेस
२०७७-०५-२९ ०४:१४ मा प्रकाशित
Total Shares: 275
काठमाडौं - पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर ११७० जना कोरोना संक्रमित देखिएको जानकारी दिए। योसँगै कोरोना संक्रमितको संख्या ५५३२९ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५३९३ रहेको छ। यस मध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमित ७२७५ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८७९ रहको छ। हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३९५४६ छ ।
फेसबुक पेज Like गर्नुहोस