काठमाडौं - काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूकाे मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । यो निर्णयसँगै भेला, सम्मेलन, जुलुस निकाल्न रोक लागेको छ । 

कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृह मन्त्रालयले समेत यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनी देशभर सर्कुलर गरिसकेको छ । तर, उक्त सर्कुलरको राज्य र नागरिकस्तरमै उल्लंघन भैरहेको छ ।

निर्णयहरुः-