सर्यो कांग्रेस महाधिवेशन, यस्तो छ नयाँ कार्यतालिका
खबर एक्सप्रेस
२०७८-०७-१० ०८:२० मा प्रकाशित
Total Shares: 231
काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका सरेको छ ।
बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि अब मंसिर २७ गतेदेखि पुस १ गतेसम्म गर्ने निर्णय गरेको हो ।
वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुनेछ । त्यस्तै, कात्तिक ३० मा पालिका अधिवेशन, मंसिर ३ मा प्रदेशसभा क्षेत्र अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको छ ।
निर्वाचन समितिले प्रस्ताव गरेको नयाँ कार्यतालिमा प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस