१५ करोड बढीको अवैध लागूऔषधसहित चार विदेशी नागरिक पक्राउ
काठमाडौं - लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले अवैध लागूऔषध कोकिनसहित चार विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ ।
ब्यूरोले इथियोपियाको अदिश अबाबाबाट साढे ४ केजी कोकिनसहित नेपाल आएका चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतिय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी छन् ।
जेठ २७ गते काठमाडौं आएका डोनाल्ड ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको थियो । डोनाल्डले इथियोपियाको अदिश अबाबाबाट १८ वटा प्लाष्टिक कोटेड क्याप्सुल निलेर काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस