प्रदेशसभामा कांग्रेसको पहिलो जित, मुस्ताङ (१)बाट गुरुङ निर्वाचित
खबर एक्सप्रेस
२०७९-०८-०५ ०५:०५ मा प्रकाशित
Total Shares: 215
काठमाडौं - कांग्रेसले प्रदेश सभामा पनि विजयी सुरुवात गरेको छ । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रदेशसभातर्फ पहिलो जित हात पारेको हो ।गठबन्धनकोे साथ रहेको मुस्ताङको प्रदेश सभा (क) मा कांग्रेसका नम्डु गुरुङ विजयी भएका हुन् ।
एमालेका ईन्द्रधारा विष्टलाई २५५ मतले पछि पार्दै गुरुङ प्रदेश सभामा विजयी भएका हुन् । गुरुङले एक हजार ४८ मत ल्याउँदा पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले ७९३ मत प्राप्त गरे ।
यस्तै, कांग्रेसले प्रतिनिधि सभामा समेत खाता खोलेको छ । प्रतिनिधि सभातर्फ मुस्ताङबाट २९ वर्षीय योगेश गौचन विजयी भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस