आज काठमाडौंमा यो वर्षकै बढी चिसो, २ डिग्री सेल्सियसमा झर्यो तापक्रम
खबर एक्सप्रेस
२०८१-०८-२९ ११:०७ मा प्रकाशित
Total Shares: 19
काठमाडौं - काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ ।
मौसम विज्ञान विभागका अनुसार निरन्तर घटिरहेको तापक्रम आज बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको हो । यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।
यसअघि बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार राति काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस