गण्डकीमा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११९२ पुग्यो
पोखरा - गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा सात जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये तनहुँका ६, पर्वतका २, बाग्लुङका २, नवलपरासी पूर्वका १, स्याङ्जाका १, गोरखाका १ र लमजुङका २ जना रहेका छन् ।
सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९२ पुगेको छ । यस्तै, ७ सय ३६ जना डिस्चार्ज भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस