‘छ मेरो अरु संसार’ लिएर आइन अभया (भिडियोसहित )
काठमाडौं - नेपालको चर्चित रक ब्यान्डको रुपमा परिचित अभया एण्ड द स्टिम इन्जिनको नयाँ गीत ‘छ मेरो अरु संसार’ सार्वजनिक भएको छ । उक्त गीत सोमबार ब्यान्डको आधिकारिक युट्युब अकाउन्टमार्फत् सार्वजनिक गरिएको हो ।
ब्यान्डकी फ्रन्ट लेडी अभया सुब्बा विजले गीतमा स्वर मात्रै भरेकी छैनन् यसमा शब्द अभयाकै रहेको छ । साथै, नयाँ गीतको सङ्गीत रचना, संयोजन र सङ्गीत निर्माण स्वयं अभयाले गरेकी छिन् ।
गीतमा गितारको जिम्मेवारी रिन्चेन पाल्जरले सम्हालेका छन् भने सोनम लामा भुटियाको बेस रहेको छ । साथै, पियानोमा निकेश कार्की रहेका छन् भने ड्रममा रिन्चेन पाल्जर र नबिन थापा मगर रहेका छन् । यस्तै, ब्याकिङ भोकलमा प्रशान्त गुरुङ र रिन्चेन पाल्जर रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस