१२० दिन लामो लकडाउन आज राती १२ बजे देखि अन्त्य हुने
खबर एक्सप्रेस
२०७७-०४-०६ ०७:२८ मा प्रकाशित
Total Shares: 521
काठमाडौं - कोरोना महामारी रोकथामका लागि सरकारले चैत ११ देखि जारी गरेको लकडाउन आजबाट अन्त्य गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट आज मध्यरातिबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए ।
तर, सरकारले छिमेकोलगायत अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्याएको छ ।
यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो । पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका बिहार, उत्तर प्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।
फेसबुक पेज Like गर्नुहोस