काठमाडौं - पछिल्लो २४ घण्टामा थप ५ सय ६९ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा  २० हजार ७३ संक्रमित  उपचारपछि निको भएका छन्।  मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्।