काठमाडौं - पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १२ हजार चार सय २७ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख सात हजार सात सय ५५  पुगेको छ ।

आज १५ सय ५२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म  ७५ हजार आठ सय चारजना  संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित निको हुने दर ७०.३ प्रतिशत रहेको बताए ।  हाल सक्रिय संक्रमित भने ३१ हजार तीन सय १५ पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ जना र होम आइसोलेसनमा १७ हजार ६ सय ६६ जना रहेको मन्त्रालयले जनाएको छ ।