बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
नेपालगन्ज - बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. १२ निवासी ४२ वर्षीय पुरूषको मंगलबार बिहान ९ : २० बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।
पेशाले टिपर चालक रहेका ती पुरुषमा निमोनियाको समस्या थियो । गत साउन २७ गते टिपर दुर्घटनामा घाइते भएपछि युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि भर्ना भएका थिए। उपचारको क्रममा भदौ ५ गते कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि त्यहाँबाट भीम अस्पताल भैरहवामा रिफर गरिएको थियो । भदौ ५ गतेदेखि ९ गतेसम्म उपचार गर्दा स्वास्थ्यमा कुनै सुधार नआएपछि भदौ ११ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको थियो ।
उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको श्रेष्ठले बताए ।
फेसबुक पेज Like गर्नुहोस