एमाले नेताहरुलाई एकीकृत समाजवादीको जवाफ:'रामचन्द्रलाई सघाउने बचन दिइसक्यौं'
खबर एक्सप्रेस
२०७९-११-१८ ०२:२८ मा प्रकाशित
Total Shares: 222
काठमाडौं - नेकपा एकीकृत समाजवादीले आफूहरु कांग्रेस उम्मेदवारको प्रस्तावक र समर्थक भएका कारण राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नसक्ने जवाफ नेकपा एमाले नेताहरुलाई दिएको छ ।
बिहीबार एकीकृत समाजवादीको कार्यालयमा अध्यक्ष नेपालसँग भेट्न आएका एमाले नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न सहयोग मागेका थिए ।
भेटघाटबारे जानकारी गराउँदै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नेताहरुले मत मागेको र अध्यक्ष नेपालले धन्यवाद दिएको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस