हात्तीको आक्रमणबाट इलाममा एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०८१-०६-२९ १२:४३ मा प्रकाशित
Total Shares: 85
इलाम - इलामको चुलाचुली गाउँपालिका–२ मा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।
हात्ती खेदाउन जाँदा चुलाचुली १ का ७३ वर्षे राजकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।
सोमवार साँझ साढे ७ बजेतिर हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका राईको गएराति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।
चुलाचुली, महमाई, दानबारीलगायतका क्षेत्रमा हात्तीको समस्या बढ्दै गएको स्थानीयले बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस