सातदोबाटोको कल सेन्टरबाट ५३ जना पक्राउ
खबर एक्सप्रेस
२०८१-०९-२३ ११:५२ मा प्रकाशित
Total Shares: 49
काठमाडौं - सीआइबीको टोलीले ललितपुरको सातदोबाटोस्थित एक कल सेन्टरबाट ५३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जानकारी दिएका छन् ।
उनीहरुको साथबाट ८५ वटा ल्याप्टप ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवालगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस