काठमाडौं - गत विहीबार ललितपुरको पुल्चोकमा भएको झडपमा पक्राउ परेकामध्ये ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

निषेधाज्ञाको समयमा युवाहरुले रातो मत्स्येन्द्रनाथको रथ तान्न थालेपछि प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको थियो । तर, युवाहरुले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि उनीहरुलाई पक्राउ गर्न थालेको थियो ।

आइतबार साँझसम्म १९ जना पक्राउ परेका थिए । उनीहरुमध्य ३ जनालाई छोडिएको थियो । १६ जनाको कोरोना जाँच गर्दा रिपोर्टमा ६ जनाको पोजेपटिभ देखिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङले जानकारी दिएका छन् । उनीहरुको रिपोर्ट सोमबार आएको हो ।

पक्राउ परेकाहरुलाई ललितपुर परिसरमै राखिएको छ । प्रहरीले घटनाको बारेमा छनाविन गरिरहेको छ ।