सुर्खेत–दैलेख सीमामा गाडी दुर्घटना : ५ जनाको मृत्यु, २५ जना घाइते
खबर एक्सप्रेस
२०८१-०७-२३ ०८:११ मा प्रकाशित
Total Shares: 76
दैलेख - सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । मृत्यु र घाइतेको पहिचान खुलेको छैन ।
आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
गुराँस गाउँपालिकाकी उपाध्यक्ष शिवा खड्काले दुर्घटनाका घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको बताइन् । ३० जना सवार रहेको उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।
फेसबुक पेज Like गर्नुहोस