थप २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो
खबर एक्सप्रेस
२०७७-०४-२० ०४:४६ मा प्रकाशित
Total Shares: 331
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम' का अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १५ हजार २६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६५ जना उपचारपछि डिस्चार्ज भएका छन् । मुलुकभर पाँच हजार ९२५ सक्रिय सङ्क्रमित छन् ।
हालसम्म नेपालमा कोरोनाबाट ५८ जनाले ज्यान गुमाईसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस