आज काठमाडौंका यी स्थानमा बत्ती जाने
काठमाडौं - आज (शनिबार) काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत कटौती हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार सडक विस्तारको काम चलिरहेको तथा विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।
बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि दिउँसो विद्युत् कटौती गर्ने जनाएको हो । साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो ।
बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार आज बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ।
यस्तै, गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि अपरान्ह ४ः३० सम्म विद्युत काटिनेछ।
कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ।
तालिकाः


.gif)



फेसबुक पेज Like गर्नुहोस