बर्दिया - नेत्रविक्रम चन्द ‘विप्वल’ समूहको नेकपाका भेरी ब्यूरो सदस्य रामबहादुर विकले सो पार्टी परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका छन् ।

अछाम कुर्माखान गाउँपालिका– ४ का २९ वर्षीय विकले जिल्ला प्रशासन कार्यालय बर्दियामा आइतबार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेसमक्ष हिंसात्मक गतिविधिमा संलग्न नहुने र सामान्य जीवन बिताउने भन्दै पार्टी त्यागेको घोषणा गरेका हुन् ।

मंसिर १२ गते राजापुर नगरपालिका– ४ बाट पक्राउ परेका विकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको थियो ।