रवि लामिछानेलाई आज पनि हिरासतमै पठाउन अदालतको आदेश
खबर एक्सप्रेस
२०८१-०९-२९ ०३:४७ मा प्रकाशित
Total Shares: 73
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज र भोलि पनि हिरासतमै रहने भएका छन्।
आज थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको हो ।
समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन । यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् ।
उनलाई आइतबार पनि काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ।
फेसबुक पेज Like गर्नुहोस