सदन खुल्नसाथ नागरिकतासम्बन्धी विधेयक पास गर्छाैँः प्रचण्ड
खबर एक्सप्रेस
२०७९-०१-२४ ०७:१२ मा प्रकाशित
Total Shares: 258
काठमाडौं,जनकपुरधाम - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्लासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् । पाँच दलिय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संसोधनको पक्षमा आफू पनि रहेको बताए । उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि बताए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस