सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहको दाबी पेस
खबर एक्सप्रेस
२०८१-०४-२० ०१:०२ मा प्रकाशित
Total Shares: 145
काठमाडौं,धनगढी-सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन्।
कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् ।
एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।
शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका छन् । उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस