वीरगञ्ज - कोरोना संक्रमणका कारण पर्सामा थप एक पुरुषको निधन भएको छ।

मृतक वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षका पुरुष रहेका छन् । उनको मंगलबार मध्यरात पौने एक बजे उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा निधन भएको हो ।

उनमा गत साउन ३० गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा ३१ गते उनमा कोरोना पुष्टि भएको थियो । योसँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ।