पाँच एसएसपीको डीआईजीमा बढुवा सिफारिस
खबर एक्सप्रेस
२०८१-०९-१८ ०८:५१ मा प्रकाशित
Total Shares: 49
काठमाडौं - नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बिहीबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त पाँच डीआईजीमा उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा हुनेमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोबिन्द थपलिया रहेका छन् ।
डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस