चितवन - चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका कोराना संक्रमित युवा नुवाकोटमा पक्राउ परेका छन् । मंगलबार भागेका १९ वर्षीय युवालाई बुधबार बिहान साढे १० बजे नुवाकोटको बेलकोटगढि वडा न– ५ बाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले दिएको जानकारी अनुसार उक्त युवा साइकलमा जादैँ गर्दा पक्राउ परेका हुन् ।

पक्राउ परेका युवालाई नुवाकोटकै आइसोलेसनमा राख्नको लागि समन्वय भएको थापाले जानकारी दिए ।

उक्त युवा चोरीको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेपछि उनको कोरोना परीक्षण हुँदा संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।