काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । केहि नेतासहित बुधबार दिउँसो बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका हुन् । 

प्रधानमन्त्रीलाई भेट्न विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धर्मेन्द्र बाँस्तोलालगायत नेताहरू बालुवाटार पुगेका थिए।

विप्लवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग आफूहरूले गरेका सहमति कार्यान्वयनमा सघाउन आग्रह गरेको स्रोतले बतायो ।