काठमाडौं - आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत घरेलु टोली ओमानविरुद्ध नेपालका टोलीका युवा ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी दोस्रो खेलमा आसिफले ६४ बलमा आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक पूरा गरेका हुन् ।हाल आसिफ ५८ रनमा अविजित छन्