लाठीले हानेर आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक पक्राउ
खबर एक्सप्रेस
२०७७-०८-१८ १२:३१ मा प्रकाशित
Total Shares: 670
काठमाडौं - आफ्नै बुबा ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको अभियोगमा सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस