भारतलाई हराउँदै अष्ट्रेलियाले जित्याे विश्वकप क्रिकेटकाे उपाधि
खबर एक्सप्रेस
२०८०-०८-०३ ०९:४५ मा प्रकाशित
Total Shares: 131
काठमाडौं - ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
उसका लागि हेडले तेस्रो विकेटका लागि मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए ।
यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।
फेसबुक पेज Like गर्नुहोस