एभरेष्ट प्रिमियर लिग: ललितपुरमाथि काठमाडौंको शानदार जित
खबर एक्सप्रेस
२०७८-०६-०९ ०३:४२ मा प्रकाशित
Total Shares: 435
काठमाडौं - चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनले विजयी यात्राको सुरुवात गरेको छ । काठमाडौंले साविकको विजेता ललितपुर प्याट्रीएट्समाथि ७ विकेटको जित हात पारेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा ललितपुरले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा काठमाडौंले ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस