काठमाडौं  - महाबौद्धमा व्यापार गर्दै आएका एक जनाको परिवारमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको छ । एकै परिवारका पाँच सदस्यमा कोरोना भाइरस संक्रमण देखिएपछि महाबौद्ध क्षेत्र गरिएको हो ।

पर्सा घर भई महाबौद्धमा व्यापार गर्ने परिवारका सदस्यमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको विस्तृत परिचय भने खुलाइएको छैन ।

स्वास्थ्य क्षेत्रका अधिकारीका अनुसार भारतको सीतामडीबाट माइत आएकी युवतीबाट थप परिवारको सदस्यामा कोरोना सरेको आशंका गरिएको छ । उनको परिवारका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो । उनीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा राखिएको छ ।

परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । यसअघि बाँकेमा एकै परिवारका दुई जनामा कोरोना देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारे पुष्टि गरेको छैन ।