काठमाडौं - सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति दिन स्थगन गरेको छ ।

कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएपछि वैदेशिक रोजगार विभागले मंगलबारदेखि श्रमस्वीकृतिमा रोक लगाएको हो । विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको छ ।

विभागले अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रमस्वीकृति नदिने बताएको छ । कतारले सोमबारदेखि नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको थियो ।